आर्थिक अभावका कारण मृत्युलाई कुर्दै वालक 

  • २२ चैत्र २०७५, शुक्रबार

कालिकोटको रास्कोट नगरपालिका निवासी किशोर न्यौपानेको आर्थिक अभावका कारण उपचार अवरुद्ध भएको छ ।

एप्लाष्टिक एनेमिया नामक रक्तरोगका कारण दुई महिना देखि उपचारार्थ न्यौपानेको आर्थिक अभावका कारण केही दिनदेखि उपचार रोकिएको हो ।
बोनम्यारो फेल भएर बानेश्वरको सिभिल अस्पतालमा भर्ना भएका न्यौपानेलाई बोन म्यारो फेर्नका लागि अस्पतालमा पैसा जम्मा गर्न नसक्दा उपचार अबरुद्ध भएको उनका आफन्तले जनाएका छन् ।
विरामी न्यौपानेका दाई खगराज न्यौपानेका अनुसार आर्थिक अभावका कारण अस्पताल राख्न नसकि अहिले महाराजगंजमा रहेको कोठामा मृत्यू कुरिरहेको बताए । उनको उपचार खर्च १५ लाख लाग्ने अस्पताल श्रोतले जनाएको छ । तर अस्पतालले केही सहायता उपलव्ध गराउन सकिने सिभिल अस्पतालको भनाई छ ।
दुर्गम कालिकोटको गरिव परिवारमा जन्मिएका न्यौपानेको पारिवारिक आर्थिक स्थितिले उपचार सम्भव छैन । त्यहि उपचारका लागि पैसा नहँदा उनी एउटा कोठामा जीवन र मृत्युको दोधारमा छन । विरामीका दाई खगराज न्यौपानेका अनुसार आजसम्म ४ लाख खर्च भइसकेको र अव १२ लाख रुपैयाँ भएको खण्डमा भाइलाई बचाउन सकिने बताए ।
न्यौपानेले भाइलाई बचाउन सबैलाई सहयोगको याचना गरेका छन । उनलाई सहयोग गर्न चाहनेहरुले कालिकोटको रास्कोट नगरपालिकामा रहेको उनकी आमाको नाममा रहेको ग्लोवल आइएमई बैँकको खाता नम्बर भ्२०७०१००००३०८ मा सिधै जम्मा गर्न सक्ने बताए ।
उनलाई सिभिल अस्पतालका हेमाटोलोजी विभागका डा. विशेष पौडेलको प्रत्यक्ष निग्रानीमा उपचार भइरहेको छ । उनलाई गाह्रो भएको खण्डमा अस्पतालमा ल्याएर देखाउने गरिएको खगराज न्यौपानेले बताए ।