खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु

  • १४ बैशाख २०७६, शनिबार

मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ ।

व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्थानीय सुकुना वचत , हातेमालो बहुउश्यीय सहकारी र सिद्धार्थ स्कुलको संयुक्त आयोजनामा गरिएको शिविरमा सयजनाभन्दा बढी सहभागी छन् ।

स्थानीय सिद्धार्थ सेकेण्डरी स्कूलमा संचालित शिविरको सुन्दरहरैंचाका मेयर शिव ढकालले शुक्रबार उद्घाटन गरेका छन् ।

शिविरमा डा. एल. पी. पोख्रेलले प्रशिक्षण दिनेछन्  । शिविरमा मानिसको खानपिन र  जीवन शैलीका कारण शरीरमा उत्पन्न हुने रोग, तिनको निदान र व्यक्तित्व विकासका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएका छन्  । शिविरमा शारीरिक व्यायामका अलावा  मेडिटेशन पनि गरिने बताइएको छ ।