नगरपालिकाबाट तालिम लिएपछि व्यवसायिक रूपमै अचार बनाउन थाले बेलबारीका महिलाहरु

  • १ जेष्ठ २०७६, बुधबार

स्थानिय स्तरमै पाउने कच्चा पदार्थलाई प्रयोग गर्दै बेलबारी नगरपालिका वडा नम्बर ३ का महिलाहरुले व्यावसायिक रूपमा अचार बनाउन थालेका छन् ।

बेलबारी नगरपालिका वडा नम्बर ३ को आयोजनामा अचार बनाउने तालिम लिएका महिलाहरुले आंँप, कागति, गाजर , इस्कुस, मुला कुविन्डो काक्रो, लप्सी, लगायतका प्रजातिका अचार बनाउन थालेका हुन्  ।

महिलाहरुलाई ब्याबसायिक बनाउन तालिम दिएको र ४ दर्जनभन्दा बढी महिलाहरुले तालिम लिएपछि व्यावसायिक रूपमा अचार बनाउन थालेको वडा नम्बर ३ का  वडाध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

वाहिरी बजारबाट आउने अचार भन्दा आफैले बनाएको अचार गुणस्तरिय हुने अचार बनाउने महिलाहरुले बताएका छन ।