एकजना वडा सदस्य, जसले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरे

  • ५ जेष्ठ २०७६, आईतवार

केशु विरही, विराटचाेक/ पछिल्लाे समय सेवा सुविधा कम भयाे भनेर जनप्रतिनिधिहरुले सुविधा वढाउन लविङ गरिरहेका बेला  सुन्दरहरैंचाका एजना नगरकार्यसमिति सदस्यले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरिरहेका छन् ।

लामाे समयसम्म शिक्षण पेसामा अावद्ध रहेका सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० का वडासदश्य समेत रहेका नगरकार्यपालिका सदस्य भक्तकिरण राईले बालबालिकालाई विद्यालयमा गएर पढ्ने अभिप्रेरणा जगाउने उद्देश्यका साथ नगरपालिकाबाट बैठक भत्ता बापत पाउने रकम विद्यालयलाई उपलव्ध गराएका हुन् ।

नगरपालिकाकाे न्ययिक समितिका सदस्य समेत रहेका राईले सुन्दरहरैंचा वार्ड नं ५ लाटिझाेडामा रहेकाे श्रीलाल अाधारभूत विद्यालयमा गएर विद्यार्थीहरुलाई पाेषाक तथा अाफूले उपलव्ध गराएकाे ३० हजार बरावरकाे चेक विद्यालयका प्रअलाई एक कार्यक्रमबिच उपलव्ध गराएका छन् ।

विद्यालयकाे शैक्षिस्तर खच्किएर अभिभावकले अाफ्ना नानीहरु अन्यत्रै लगेपछि विद्यालय झण्डै बन्द हुने अवस्थामा पुगेकाे याे विद्यालय यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापन तथा अङ्ग्रेजी माध्यमबाट कक्षा संचालन हुन थालेपछि विद्यार्थीकाे सङ्ख्या ह्वात्तै वढेकाे छ ।

गतवर्षसम्म २०/३० जना मुसहर समुदायका नानीहरु मात्र पढ्ने याे विद्यालयमा नयाँ व्यवस्थापन तथा अङ्ग्रेजी माध्यमा पठनपाठनका कारणले यसपटक भने विद्यार्थी वढेर ९५ जना पुगेका छन् । याे सङ्ख्यालाई अागामी वर्षमा वढाउने लक्षकासाथ अाफूहरु लागि रहेकाे विद्यालयका प्रधानाध्यापक राजु गाैतम वताउँछन् ।

विद्यालयलाई उपलव्ध गराएकाे सहयाेग रकम र पाेषाक वितरण गर्न अाफ्नी धर्मपत्नीसहित विद्यालय पुगेका राईले भने “बालबालिकाहरु शिक्षाकाे पारिलाे घामबाट वन्चित नहुन भनेर अाफूले सहयाेग गरेकाे र यसरी विद्यालयलाई सहयाेग गर्न पाएकाे सार्है खुसी लागेकाे छ ।”

अघिल्ला सालहरुमा विविध कारणले गर्दा केही समस्या देखिए पनि अहिले भने त्याे समस्या नरहेकाे, अभिभावकहरुकै चाहाना अनुसार अङ्ग्रेजी माध्यममा पठनपाठन भैरहेकाेले अब याे विद्यालयले गतिलिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम गाैतम वताउँछन् ।