दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी

  • २३ जेष्ठ २०७६, बिहीबार

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ ।

आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार  प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट बढाएर १० हजार बनाईएको छ ।
नगदका साथमा संगितकार भीम बस्नेतद्धारा दुईजनालाई गीत रेकर्डिङको अबसर, गीतकार मिलन राई र संगितकार बिनोद खम्बुद्धारा आईडल लाई गित रेकर्डिङको अबसर दिइने  र बेलबारीका मोडल अमर खडका द्धारा १ गीत रेकर्डिङ र भिडियो निर्माण गरिदिने उनले बताए  ।
आईडलको सेमिफाईनल यहि जेठ २५ गते ११ बजेदेखि किरात राई यायोख्खाको धार्मिक बन बेलबारीमा हुने र फाईनल असारको दोस्रो साता हुने जनाईएको छ ।