धनकुटेली पत्रकार राइमाथि अज्ञात समुहको आक्रमण, घोपामा उपचार गरिंदै

  • २२ जेष्ठ २०७६, बुधबार

नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डि वि आर टेलिभिजन धरानका पत्रकार दिल वहादुर राई (आशिष) राईलाई एक समूहले आक्रमण गरी घाइते बनाएको छ ।

पत्रकार राईलाई धरान स्थिति डि वि आर टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा मंगलबार राति चार पाच जनाको समुह आई एक्सासी आक्रमण गरी गंभिर घाईते बनाएको धरानका पत्रकार मनिला चाम्लिङ्गले वताईन ।
आक्रममा परी गंभिर घाईते भएका राईको धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भैरहेको छ ।
एक आक्रमणकारी पक्राउ परेको र अन्य आक्रमणकारीहरुलाई पनि तत्काल पक्राउ गरी कडा कारवाहीको माग गर्दै घाईते पत्रकार राईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल प्रेस युनियका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी घोर भत्सना गर्दै आक्रमणकारीलाई कडा कारवाहीको माग गरेका छन् ।