गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी

  • २७ जेष्ठ २०७६, सोमबार

उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए   ।

परिश्रमि महिला उधमी सहकारी संस्थाले गरेको स्वास्थ्य शिविरमा ८ वटा वाख्रा लिएर भुन्टे त्यहाँ पुगेका हुन । गाँउमै पहिलो पटक पशु स्वास्थ्य शिबिर हुदैछ भन्ने थाहा पाए पछि उनले वाख्रा पाठा सहित पशु चिकित्सकलाई देखाउन आएका हुन् । तिन माउ वाख्रा, तिन वटा वोका र २ वटा साना पाठा लिएर पुगेका उनि गाँउमै स्वास्थय शिविर हुदा खुसि समेत देखिन्थे ।
त्यस्तै बेलबारी ७ कै गोपाल कार्की दुई वटा भैसिका पाडी लिएर उपचार गराउन गएका थिए । घास, खोले पानी, चोकर दैनिक बढाइरहेको छु कार्कीले भने तर जहिले हेरो उस्तै देन्छिन् । कार्की जस्तै धेरै कृषकहरुले आफना गोठामा भएका कुखुरा देखी वाख्रा, भैसि, गाई, गोरु लिएर स्वास्थ्य शिविरमा पुगेका थिए ।
शिवरमा गोवर परिक्ष्ण, कृतिम गर्भधारण,बाझोपनाको उपचार,पशु बन्धयाकरण, नाम्ले जुकाको औषधि, कुखुराहरुलाई जुकाको औषधि खुवाउने लगायतका सेवा शिविरमा दिएको थियो । बेलबारी नगरपालिका, हेपर इन्टरनेशनल नोपल, अभियान नेपाल र औषधि उत्पादक कम्पनिको सहयोगमा भएको पशु शिबिरमा ६ हजार पशु पक्षिको स्वास्थ्य परिक्ष्ण गरिएको थियो।
अभियान नेपालका कार्यक्रम संयोजक हेम श्रेष्ठका अनुसार १ सय ५० वटा पशुहरुको गर्भ परिक्षण गरिएको छ भने १सय १ वटा बन्ध्याकरण गरिएको छ । १८ सय ३५ वटा पशुलाई औषधि वितरण गरिएको छ भने ८ सय पशुलाई विभिन्न रोगको खोप लगाइएको हो । ३ हजार कुखुरालाई औषधि खुवाइएको छ । निशुल्क औसधि सहतिको स्वास्थ्य शिविर पहिलो पटक गरिएको परिश्रमिक महिला समुहकी अध्यक्ष गगा श्रेष्ठले बताईन् । उक्त शिबिरको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले वाख्रालाई औषधि खुवाएर उद्घाटन गरेका थिए ।