लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु

  • ३२ जेष्ठ २०७६, शनिबार

बेलबारी, माेरङ/  लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे ।
बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ ।
राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे अवस्थामा थाहा पाईन ।
 “चट्याङ परेकाे पर्यै गर्याे । छाेरी सुतिरहेकी थिईन । म पनि निदाएछु । राती दूध खुवाउन खाेज्दा छाेरीले कुनै प्रतिकृया जनाईन । त्यसपछि मेराे साताेपुत्लाे उड्याे वरिपरि हाेहल्ला गरें ।” मृतक बालिकाकी अामा मायाले दुखीन मनलिएर यसाे भनिन ।
 बालिकाकी अामाले हल्ला गरेपछि उपचार गर्न सकिन्छ कि भनेर अाफूहरुले तुरुन्तै बेलबारी बजारका रहेकाे नाेवेल अस्पतालमा पुर्याए पनि बालिकालाई बचाउन नसकिएकाे स्थानीय प्रदिप गरी वताउँछन् ।
केहीले भने निमुनियाका कारणले बालिकाकाे मृत्यु भएकाे हुासक्ने अाशंका गरे पनि साँझमा सद्धे रुपमा सुतेकी, निमुनियाकाे कुनै छाँट नभएकाेले चट्याङबाट तर्सेर मृत्यु भएकाे दावी गरेका छन्  ।
मृतक बालिकाका पिता भने राेजगारका लागि काठमाण्डाै रहेका छन् ।