बेलबारीमा हुनेभो मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप

  • ११ असार २०७६, बुधबार

बेलबारी नगरपालिकाको आयोजनामा मोरङ भरीका सबै स्थानीय तहहरुको प्रतिस्पर्धा हुनेगरी मोरङ जिल्ला अन्तर पालिका  स्तरीय मेयर कप हुने भएको छ ।
बेलबारी नगरपालिकाको आयोजनामा यहि असार १३ देखि २१ गतेसम्म मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा जिल्लाका १२ वटा पालिकाहरु सहभागी हुनेछन । प्रतियोगितामा बिजयी टिमलाई १ लाख ५१ हजार उपबिजेतालाई १ लाख १ हजार नगद सहित मेडल र ट्रफी उपलब्ध गराउने आयोजक समितिका सचिब मिलन राईले जानकारी दिए ।

मेयर कपकै नामबाट केही महिना अघि बेलबारी नगरभरीका वडाहरुको प्रतिस्पर्धामा खेल खेलाइएको थियो ।