मेयर कपको दोस्रो र तेस्रो  खेलमा सुन्दरहरैँचा र मिक्लाजुङ बिजयी

  • १४ असार २०७६, शनिबार

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा जारी मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको दोस्रो खेलमा रतुवामाइलाई २-१ ले पराजित गर्दै  सुन्दरहरैँचा नगरपालिका बिजयी भएको छ ।

बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि शुरु भइ २१ गतेसम्म चल्ने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा सुन्दरहरैँचा नगरपालिका बिजयी भएको हो ।

प्रतियोगितामा  खेल शुरु भएको केही मिनेटमै रतुवामाइले गोल गर्दै १-० को अग्रता बनाएको थियो । पहिलो हापको मध्यतिर सुन्दरहरैंचाले पनि गोल गरेपछि नतिजा १-१ को बराबरीमा पुगेको थियो ।

पहिलो हाफमा १-१ को बराबरी भएको खेलको दोस्रो हाफमा सुन्दरहरैंचाले गोल गर्न सफल भयो । त्यसपछि दुवैतर्फबाट कुनै गोल नभएपछि सुन्दरहरैंचाले खेल जितेको थियो ।

तेस्रो  खेलमा मिक्लाजुङ  बिजयी

मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको दोस्रो दिनको दोस्रो खेल भने मिक्लाजुङ गाउँपालिकाले जितेको छ ।

मिक्लाजुङ गाउँपालिका र ग्रामथान गाउँपालिकाबिच भएको दोस्रो खेलमा खेलको हापअघि मिक्लाजुङका सुशील राइले पहिलो गोल गर्दै आफ्नो टिमलाइ १-० को अबस्थामा पुर्याएका थिए । दोस्रो हापमा दुवैतर्फबाट कुनै गोल नभएपछि मिक्लाजुङ बिजयी भयो । मिक्लाजुङका निर्णायक गोलकर्ता सुशील राई खेलको म्यान अफ द म्याच भए ।

प्रतियोगितामा जिल्लाका ११ वटा स्थानीय तहका  १२ टीम सहभागी छन् । खेल तालिका अनुसार समूह ए मा कानेपोखरी, केराबारी, लेटाङ, बिराटनगर, बेलबारी निलो र उर्लाबारी छन् । त्यसैगरी समूह बी मा सुन्दरहरैँचा, रतुवामाइ, बेलबारी रातो, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरे गरी ११ वटा स्थानीय तहका १२ वटा टिमबिच प्रतिस्पर्धा हुनेछ । असार १५ अर्थात आइतबारबारको खेल बिराटनगर र बेलबारी निलो तथा लेटाङ नगरपालिका र केराबारी गाउँपालिकाबिच हुनेछ  ।

प्रतियोगितामा बिजयी टिमले १ लाख ५१ हजार तथा उपबिजेतालाई १ लाख १ हजार नगद सहित मेडल र ट्रफी पाउने आयोजक मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप आयोजक समितका सचिव मिलन राईले जानकारी दिए ।

अघिल्लो बर्षबाट बेलबारीका वडा स्तरीय मेयरकप आयोजना गर्न थालेको नगरपालिकाले गत बैशाखमा पनि बेलबारी नगरपालिकाका वडाहरुबिच प्रतिस्पर्धा हुनेगरी दोस्रो मेयर कप आयोजना गराएको  थियो ।

तर जिल्ला भरीका स्थानीय तहहरुको सहभागितामा खेलाइएको मेयरकप भने यो नै पहिलो हो ।