केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने

  • १९ असार २०७६, बिहीबार

उत्तम पोख्रेल/मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका विच भिड्न्त हुने भएको छ ।

विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तरले केरावारी गाँउपालिका विजयी भएको हो ।
पहिलो हाप भन्दा अगाडिनै केरावारी तथा बेलबारीका खेलाडिले एक एक गोल गरेका थिए । केराबारीको तर्फवाट खेलको सुरुवातमै प्रबेश बस्नेतले पहिलो गोल गरेका थिए । त्यसको केहि समयमै बेलबारीका खेलाडि विनोद अधिकारीले गोल फर्काएर केरावारी सँग बरावरीमा बनाएका थिए । खेलको दोस्रो म्याचमा दुवै पक्षका खेलाडिले गोल गर्न नसकेपछि ट्राईबेकर भएको थियो ।

ट्राईवेकरको पहिलो गोलनै बेलबारी निलोका मिलन परियारले पोष्ट भन्दा वाहिर हानेका थिए । उनले पोष्ट वाहिर हानेको गोलनै केरावारीका लागि भाग्यमानि सावित बन्यो । सो प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । फाइनल खेल २१ गते शनिवार हुने बेलबारी मेयर कप आयोजक समितिले जनाएको छ ।