सुन्दरहरैंचामा कृति विमर्श, रामायण वाचन तथा विराट वाणी सार्वजनिक

  • ३ श्रावण २०७६, शुक्रबार

कार्यक्रममा विराट साहित्य समाजले प्रकाशन गरेकाे विराट वाणीकाे सार्वजनिकीकरण गरिएको थियाे । कार्यक्रममा अायाेजक समाजका पूर्व अध्यक्ष तथा विराट वाणीका प्रधान सम्पादक माेहनप्रसाद काफ्लेले विराट वाणीकाे वारेमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार अमृतप्रसाद अाचार्यले भानुभक्तकाे संक्षित परिचय र कविता वाचन तथा गायिका यमुना पराजुलीले रामायणका केही श्लक बाचन गरेकी थिइन ।

कार्यक्रममा कवि छवि वैरागी घिमिरेकाे माटाकाे अास्था कविता संग्रहकाे वारेमा प्राडा भीम खतिवडाले चर्चा गरेका थिए । उनले साहित्य र समसामयिक विषय वस्तुकाे वारेमा चर्चापरिचर्चा गरेर उपस्थित सबैलाई उत्साहित बनाएका थिए । कार्यक्रमका स्रष्टा घिमिरेले अाफ्नाे माटाकाे अास्था कविता संग्रहबाट गुण फल शिर्षककाे कविता बाचन गरेका थिए । कार्यक्रममा कथाकार धनजित पराजुलीद्वारा लेखित हुलिया कथा संग्रहकाे बारेमा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले समिक्षा गरेका थिए ।

कार्यक्रममा साहित्यकार तारा पराजुली ढाकाले बृद्धा श्रममा अांशु शिर्षककाे कविता वाचन गरेकी थिइन । सिद्वार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन वस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत मन्तव्य अायाेजक समाजका उपाध्यक्ष विदुर सुवेदीले गरेका थिए । उपसचिव दिपकप्रसाद न्याैपानेले संचालन गरेकाे कार्यक्रम उमानाथ भट्टराईकाे सभापतित्वमा सम्पन्न भएको थियाे । – मणिराम दाहाल