१० हजार वेल रोप्ने बेलबारी नगरको कार्यक्रम बमोजिम जताततै रोपिए बेलका विरुवा
- २१ श्रावण २०७६, मंगलवार
उत्तम पोख्रेल
बेलबारी नगरपालिकाले एक आर्थिक बर्षमा १० हजार वेलका विरुवा रोप्ने घोषणा गरेसंँगै सामुदायिक तथा संस्थागत बिद्यालयका गेट गेटमा बेलका विरुवा देखिन थालेका छन् ।
४६ औ विश्व वातावरण दिवशको अवसरमा सार्वजनिक जग्गामा बेलका विरुवा रोप्ने घोषणा गरेको नगरपालिकाले नगरको पहिचानसंग जोडिएको बेलवाट आर्थिक आय आर्जन समेत गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । एक बिद्यार्थी २ विरुवा रोपने अबधारणासँगै बिद्यालयको गेटमै विरुवा रोप्न थालिएका हुन् । आर्थिक बर्षमै १० हजार विरुवा रोपेर दाना तथा पात वाट अम्दानी लिने लक्ष्य लिइएको मेयर सुवेदीले बताए ।
पातवाट औषधि पनि बन्दो रहेछ, उनले भने दानावाट जुस बनाएर बेच्न सकिदो रहेछ । उनले थपे रुखबाट काठ दाउरा पनि हुने भएकोले बनहरुले समेत बेलका विरुवा रोप्न थालेका छन् ।
पहिला बेलको घारी भएकै कारण बेलवारी नाम रहेको किवदन्ती रहेको पाइन्छ । बेलबारीको पहिचान बेल रहेको इतिहासमा भेटिन्छ मेयर सुवेदीले भने तर अहिले बेल कतै छैन । बेल प्राचिन मात्रै नभएर आम्दानीको स्रोत पनि हुँदो रहेछ । नगरपालिकाले आफै बेलको जुस बनाउन उद्योगको स्थपना गर्छौ, उनले भने बेल लाउंँदा बेलको इज्जत मात्रै होइन, बजेटको नि इज्जत हुने रैछ । नगरमै रोजगारी दिनका लागि बेलले सहयोग पुर्याउने उनले बताए ।
शिक्षा ऐन बारे अन्तरक्रिया
यसैगरी नगरपालिकाले सामुदायिक ,सस्थागत बिद्यलायलयका प्रध्यानाध्यापक बिद्यालय संचालकहरुलाई नगरपालिकाले बनाएको शिक्षा ऐनका बारेमा जानकारी गराउन अन्तरक्रिया गरेको छ । ऐनमा भएका नितिगत ब्यबस्थालाई कार्यान्वन गर्नका लागि अन्तरक्रिर्या गरिएको शिक्षा शाखका प्रमुख भुपेन्द्र कोइरालाले बताए ।
नगरपालिकामा ३१ वटा सामुदायिक र ३५ वटा संस्थागत बिद्यालय छन् । नगरशभावाट पास गराएर शिक्षा ऐन बनाएको थियो । सामुदायिक बिद्यालयको पठन पाठन सुधारका लागि नगरपालिकाले गतिविधि बढाइरहेको छ ।