बिद्यालय तथा शिक्षकहरुको परीक्षा लिने सुरसार गर्दै बेलबारी नगरपालिका

  • ७ भाद्र २०७६, शनिबार

शिक्षकलाई २ सय ६४ पुर्णाकको परिक्षा
उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनिति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि बिद्यालय तथा शिक्षक शिक्षक विच प्रतिष्पर्धा गराइने भएको छ ।
नगरपालिकाले १२ शिर्षकमा ८८ वटा सुचक तयार पारेर बिद्यालयका प्रध्यानाध्यापक संग सम्झौतानै गरेको छ । उक्त सम्झौतामा २सय ६४ पुर्णाक दिएको छ भने बिद्यालयका प्रध्यानाध्यापकहरुले ७० देखी ८० प्रतिशत अक ल्याउने भनेर सम्झौता गरेका छन् । सामुदायिक बिद्यालयमा शिक्षक शिक्षक तथा बिद्यालय बिद्यालय विचको प्रतिष्पर्धा गराई उनिहरुले गरेको कामको मुल्याकनका आधारमा अक दिईने जनाइएको छ । प्रअ तथा शिक्षक शिक्षकाहरुको नाम सहति कार्य सम्पादन मुल्याकनमा आएको प्रतिशत अपिवभावकले देख्ने गरी टास गरीने नगरपालिकाका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए । बिद्यलायको भौतिक संरचनाको अबस्था,शिक्षकहरुको अबस्था,बिद्यार्थी मुल्याकन्, नेतृत्व र ब्यबस्थापन,अतिरिक्तm क्रिर्याकलाप, सिकाई उपल्बधी, सेवाग्रहि सनतुष्ट, शिक्षकको पेशागत सुन्तुष्टि,नियमित बिद्यलाय छाड्ने तथा दोहोर्यउने दर लगायतका १२ शिर्षक दिएर सम्झौता गरेका छौ प्रमुख कोईरालाले भने उहाँहरुले गर्नु भएको कामको आउदो शैक्षिक सत्रमा त्यसको प्रतिफल आँउछ ।
एउटा सुचकमा शुन्य देखी ३ नम्बर सम्म नम्बर दिन मिल्ने गरी सुचक तयार पारेका छौ उहाँहरुले आफै पहिला आफनो मुल्याकन गर्नु हुन्छ प्रमुख कोईरालाले भने वि.स.२०७७ बैशाख मसान्त भित्र नगरपालिकमा बिद्यलाय ब्यबस्थापन समितिको बैठकको निर्णय सहित पेश गर्नु हुन्छ ।उनले थपे बिद्यलायका प्रअ र सवै शिक्षकलाई समन्धीत वडाको जनप्रतिनिधि सहति राखेर स्व मुल्याकन गरेका आधार सहति र पुष्टि गर्ने कागजात मागेर त्यहि पसन मुल्याकन गरी सार्वजनिक गर्छौ । नियमितरुपमा शिक्षणमा प्रविधिको प्रयोग गर्नका लागि समेत सचेत गराएका छौ । उनले भने मोवाईल पनि प्रयोग गर्न सकिन्छ तर पठन पाठनका लागि मात्रै हो सामाजिक सजाल चलाउन र भिडियो हेर्नका लागि होईन ।
पहिलो चरणमा प्रध्यानाध्यापक सग सम्झौता गरेका छौ शिक्षा शाखाकि अधिकृत एलिना बस्नेतले भनिन अब सवै शिक्षकहरु सग सम्झौता गर्छौ । कार्यसम्पादनमा उत्कृष्ट हुन बिद्यालय,प्रध्यानाध्यापक ,शिक्षकलाई प्रोत्साहन तथा सम्मान गर्ने योजना बनाएका छौ । उनले कार्य सम्पादनमा ७० देखी ८० प्रतिशत सम्म अंक ल्याएर उतिर्ण नहुने प्रध्यानाध्यपाक तथा शिक्षकको नाम प्राप्ताक सहित टाँस्छौ । बस्नेतका अनुसार खेल मैदान, गार्डेन, सरसफाई,खेलकुद सामाग्रि , पुस्तकालय बुक कर्नर,बिज्ञान प्रयोगशाल शौचालय भए नभएको, कक्षा कोठाको गुणस्तर फर्नीचर, कम्पूटर उपलब्धता,शिक्षण सिकाईमा कम्पुटरको प्रयोग,शैक्षिक सामाग्रिको प्रयोग वार्षीक तथा दैनिक शैक्षणिक योजना बनाए नबनाएको प्रशन पत्रको निर्माण उतर पुस्तिका परिक्षण जस्ता सुचकहरु निर्माण गरीएका छन् । नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलि तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहको रोवरमा सम्झौता गरीएको छ ।
नगरपालिकामा ३३ वटा सामुदायिक बिद्यालय रहेका छन् । १२ वटा माध्यमिक रहेका छन् भने २१ वटा आधारभुत बिद्यलाय रहेका छन् ।