सहारा बिक्री काण्डबारे नेकपाको छानबिन समिति गठन, बिवादित ब्यक्ति पनि छानबिन समितिमा !
- १० भाद्र २०७६, मंगलवार
मोरङको बेलबारी २ मा रहेको सहारा बालग्रामको जग्गा बिक्री काण्डमा पुर्ब सांसददेखि नेकपाका आधा दर्जन बढी नेताहरुको मिलेमतो भएको तथ्य सार्बजनिक भएपछि नेकपा बेलबारीले सोहीबारे छानबिन गरी सत्यतथ्य सार्बजनिक गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मंगलबार करिब ४ घण्टा बसेको बैठकले नेकपा बेलबारीका सचिब रबिन थापाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा नन्दराज गिरी, तिलक राई, ईरान राई र धर्म कट्टेल रहेका छन । सो काण्डको सत्यतथ्य छानबिन गरी सार्बजनिक गर्न ५ दिनको समय उपलब्ध गराईएको नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीले जानकारी दिए ।
मोरङको बेलबारी २ लालभित्तिमा रहेको सहारा परिवार नेपाल (सहारा बालग्राम ) को जग्गा पुर्व सांसद हर्कमान तामाङदेखि पुर्ब गाबिस अध्यक्ष लगायतका केही नेताहरूको मिलेमतोमा ३ करोड मुल्यमा बिक्री भएको रहस्य सार्बजनिक भएको छ ।
बालग्रामको नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा इटहरीका एक ब्यापारीको नाममा पास भइसकेको छ । नेकपा एमालेको पुर्ब सांसद हर्कमान तामाङ, बेलबारी गाबिसका पुर्ब अध्यक्ष शिवप्रसाद बराल लगायत नेकपाका आधा दर्जन बढी नेताको मिलेमतोमा सो जग्गा ईटहरीका ब्यबसायी डम्बरबहादुर तामाङलाई बेचिएको छ । सोमबार नेकपा बेलबारी २ वडा संयन्त्रले गरेको पत्रकार सम्मेलनमा सहाराका सबैजसो बैठकहरुमा नन्दराज गिरी समेत आउने गरेको भन्दै सहाराको जग्गामा आश्रित परिवारहरुले उनको पनि नाम लिएका थिए ।
बि.स २०५६ सालमा भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारा सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिएको र जग्गा सहाराकै नाममा फिर्ता हुनुपर्ने माग सहित नेकपा बेलबारी २ आन्दोलनमा उत्रिएको छ । सोमबार पत्रकार सम्मेलनमा बक्ता र स्थथानीयले जग्गा बिक्री गर्ने तामाङ र बराल सहित प्रताप थापा, लक्ष्मण थापा, नन्दराज गिरी लगायतको नाम नै लिएर ब्यक्तिगत स्वार्थका लागि पार्टीको झण्डामुनि बसेर गलत काम गर्नेलाई पार्टीबाट निष्कासन सहित कडा भन्दा कडा कारबाही गर्न माग गरिएको थियो ।
यो पनि पढ्नोस्
पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा