बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?

  • २९ भाद्र २०७६, आईतवार

बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ ।

हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका केही जेष्ठ नागरिक बुबाहरुको मुख हेरेर र तिजको अवसर पारेर जेष्ठ आमाहरुलाई दर खुवाएर सप्ताहको पहिलो कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रमको पहिलो दिनको कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य सांंसद राज कुमार ओझा रहेका थिए । सो कार्यक्रमको संयोजक बेलबारी जेसिज वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष नवराज सुवेदी रहेका थिए भने सह-संयोजक बेलबारी जेसिज बर्ष २०१९ का शाखा सम्पादक निकेश प्रसाईं रहेका थिए ।

सप्ताहको दोश्रो कार्यक्रम  बेतना सिमसार सरसफाई कार्यक्रम रहेको थियो । भिजिट वर्ष २०२० को लागि बेलबारीमा रहेको बेतना सिमसारको पर्यटन प्रवर्धन होस भन्ने उद्धेश्यले बेलबारी जेसिजले उक्त कार्यक्रम गरेको  बेलबारी जेसिजका सस्थापक अध्यक्ष माधवराज थापाले बताए । उनका अनुसार बेलबारी जेसिजको तर्फबाट उनले बेतना सिमसारको लागि फोहोर हाल्न उपयोगी ड्रमका डस्ट्विन समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सम्योजक बेलबारी जेसिज वर्ष २०१९ का उपाध्यक्ष प्रशान्त निरौला रहेका थिए भने सह- संयोजक  बेलबारी जेसिजका सदस्य खगेन्द्र खनाल रहेका थिए । दोश्रो कार्यक्रमको प्रमुख अतिथी बेलबारी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम कुमार राई थिए ।

सप्ताहको तेश्रो कार्यक्रम रक्तदान कार्यक्रम रहेको थियो । अहिलेको यो अवस्थामा हरेक किसिमका रोगहरु दिनानु दिन देखा परेको र त्यसको उपचारको क्रममा रगतको आवस्यक खड्किनो गरेको देखिदै आएको बेला त्यस्तो आपतीजनक अवस्था नआवोस भनी रक्तदान कार्यक्रमको आयोजना गरेको सप्ताह व्यापी कार्यक्रम मुल सम्योजक तथा बेलबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारिले बताएका छन । उक्त कार्यक्रमको सम्योजक बेलबारी जेसिज वर्ष २०१९ का उपाध्यक्ष सन्तोष पोखरेल रहेका थिए भने सह संयोजक बेलबारी जेसिजका सदस्य विजय तोलाङ्गी रहेका थिए । रेडक्रस सोसाइटी धरानका प्राविधिक टोलिले रक्तदान कार्यक्रममा ६० प्रिण्ट भन्दा बढी रगत संंकलन भएको थियो । तेश्रो कार्यक्रमको प्रमुख अतिथी बेलबारी नगरपालिका कार्यलयको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह रहेका थिए ।

त्यस्तै सप्ताहको चौथो कार्यक्रम सुरक्षीत गर्भपतन सम्बन्धी परामर्श  थियो । उक्त कार्यक्रममा विशेष गरेर क्याम्पस पढ्ने विद्यार्थीहरुलाई सुरक्षीत गर्भपतनको बारेमा बेलबारी नगरपालिकाको स्वास्थ्य शाखा सम्योजक तथा बेलबारी जेसिजका सदस्य समेत रहेका सन्तोष बिस्वकर्मा र बेलबारी जेसिजकै सदस्य मनिस सुवेदीले परामर्श दिएका थिए । उक्त कार्यक्रम संयोजक बेलबारी जेसिज वर्ष २०१९ कि महिला सशक्तीकरण सुनिता हुमागाई थिइन भने सह-संयोजक बेलबारी जेसिजकि सास्कृतिक संयोजक बिनिता खत्री रहेकी थिइन ।

बेलबारी जेसीजको सप्ताह अन्तर्गतको पाचौं कार्यक्रम बेलबारी नगरपालिका भित्र रहेका जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलयहरुमा “शासन ब्यक्तिको होइन, बिधिको हुनुपर्दछ” भन्ने मुल नारा सहितको स्टिकर टास्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रमको संयोजक बेलबारी जेसिज वर्ष २०१९ को उपाध्यक्ष किशोर गौतम रहेका थिए भने सह-संयोजक बेलबारी जेसिजको सदस्य अच्युत पौडेल रहेका थिए ।

भाद्र २८ गते शनिबारको दिन बेलबारी जेसिजको सप्ताह अन्तर्गतको छैठौ कार्यक्रम मैत्रीपुर्ण फुटसल रहेको थियो । जसमा बेलबारी जेसिज र गछिया जेसिजको मैत्रीपुर्ण खेल भएको थियो । उक्त प्रतियोगितामा बेलबारी जेसिजले ११ गोल र गछिया जेसिजले ६ गोल गरेर बेलबारी जेसिजले जित हासिल गरेको कुरा बेलबारी जेसिजका निवर्तमान अध्यक्ष राजन प्रसाईले बताए । मैत्रीपुर्ण फुटसल खेल प्रतियोगिताको संयोजक विजय तोलाङ्गी र सह संयोजक दिल बहादुर श्रेष्ठ (सुमन) रहेका थिए ।

बेलबारी जेसिजको सप्ताह अन्तर्गतको अन्तिम कार्यक्रम  भाद्र २९ गते आइतबारका दिन लागू पदार्थ दुर्व्यसनी तथा ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम रहेको थियो । उक्त कार्यक्रमको संयोजक बेलबारी जेसिज वर्ष २०१९ को उपाध्यक्ष भुवन कार्की रहेका थिए भने सह-संयोजक बेलबारी जेसिजको सदस्य जनम नेपाल रहेका थिए । सातौं अर्थात सप्ताहको अन्तिम कार्यक्रममा प्रमुख अतिथी बेलबारी नगरपालिकाका मेयर तथा प्रमुख ज्ञानेन्द्र सुवेदी रहेका थिए ।