मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए एक विद्यार्थीले, लालभित्ति शोकमा

  • १८ आश्विन २०७६, शनिबार

मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पूर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किएर घाईते भएका बेलबारी -२ लालभित्तीका याेगेश निराैलाकाे शुक्रबार  मृत्यु भएकाे हाे ।

विहिबार अपरान्ह घाइते दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको थियो ।

मृतक याेगेश स्थानीय शिक्षा सन्देश इङिलस ई स्कुलमा कक्षा १२ मा अध्यायनरत थिए । निराैलाकाे धार्मिक परम्परा अनुसार शुक्रबार नै दाह संस्कार गरिएकाे छ ।

दशैको मुखमा भएकाे उनकाे अकल्पनीय मृत्युले उनको परिवार सहित लालभित्ती शोकमा डुबेको छ ।