तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी

  • ३ कार्तिक २०७६, आईतवार

बेलबारी ,मोरङ । मोरङको बेलबारी  १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ ।

डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
उद्घाटन खेलमा सडन डेथमा मेची नेत्रालय काँकडभिट्टालाई पराजित गर्दै चर्च व्बाईज क्लव काठमाण्डौ सेमीफाईनमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो हाप गोलरहित बराबरी भएको थियो । दोश्रो हाप अन्तरगत ५५ औं मिनेटमा झापाले पहिलो गोल गरेको  । झापाका खेलाडीलाई डिबक्स नजिकै लडाएपछि रेफ्रीले दिएको फ्रि किकलाई झापाका टिम क्याप्टेन कर्ण लिम्बुले गोलमा परिणत गरेका थिए । त्यसपछि आक्रामक बनेको ब्वाईजका क्याप्टेन मिलन राईले ५७ औं मिनेटमा गोल गरी बराबरी बनाएका थिए ।

खेल बराबरी भएपछि भएको ट्राईब्रेकरमा पनि पाँच पाँच गोल भएपछि खेल सडन डेथमा पुगेको  थियो । सडनडेथमा झापाका आशिष चापागाईंले प्रहार गरेको गोल पोलमा ठोक्किएर बाहिरिएको अबस्थामा पोलमा नै ठोक्किएको बलले पोष्ट चुमेपछि ब्वाईज विजयी भएको थियो ।

प्रतियोगिताको म्यान अफ दि म्याच ब्वाईजका क्याप्टेन मिलन राई घोषित भए ।