चर्च ब्वाइजलाई ४-० ले पराजित गर्दै ब्वाइज युनियन डाँगीहाट गोल्डकपको फाईनलमा

  • ७ कार्तिक २०७६, बिहीबार

मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताका बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज युनाईटेड काठमाण्डौलाई ४–० गोल अन्तरले हराउँदै व्वाईन युनियन काठमाण्डौ फाईनलमा पुगेको छ ।
खेलको पहिलो हाफको २४ औँ मिनेटमा चर्च व्वाईजका विकास थुलूङ राईले आत्म घाती गोल गर्दा व्वाईज युनियनको खाता खुलेको थियो । पहिलो हाफ प्रतिस्पर्धात्मकै रहेता पनि दोस्रो हाफ भने व्वाईज युनियनले चर्च व्वाईजलाई एकतर्फी दवावमा राखेको थियो ।

दोस्रो हाफको ६८औँ मिनेटमा व्वाईज युनियनका विटु तामाङले फो फाहा(बिदेशी खेलाडी)को पासको गोल गर्दै टिमलाई बलियो बनाए । ७३औँ मिनेटमा व्वाईज युनियनका मेसुके( बिदेशी खेलाडी)ले वान भर्षेस वान गोल गर्दै टिमलाई अझ बलियो बनाए । त्यसको लगत्तै ७७औँ मिनेटमा पुन व्वाईज युनियनकै मेसुके( बिदेशी खेलाडी)ले वान भर्षेस वान गोल गर्दै आफ्नो टिमलाई विजयी गराउन सफ बन्यो । चर्च व्वाईजले सान्तवना गोल समेत फर्काउन सकेन ।
खेलको ४२औँ मिनेटमा चर्च व्वाईजका सुनिल खड्काको उत्कृष्ट प्रहार असफल बन्यो । ५३औँ मिनेटमा चर्च व्वाईजका मिलन राईको फ्रि किक असफल बन्यो । त्यसैगरी ५६औ मिनेटमा व्वाईज युनियका तपन कार्कीको उत्कृष्ट प्रहार गोल रक्षकको पन्जामा पर्यो ।

खेलको म्यान अफ द म्याच व्वाईज युनियनका तम्पी ईभेन(विदेशी खेलाडी) घोषित भए । उनले नगद ५ हजार रुपैया पाए । शुक्रवार दोस्रो सेमिफाईनल खेल आयोजक डाँगीहाट फुटवल क्लव(रातो) र धरान फुटवल क्लव सुनसरी बिच हुने आयोजक समितीका कोषाध्यक्ष बिमल लिम्बुले बताए ।