बेलबारीले जित्यो लालभित्तीमा जारी क्वस्तरीय फुटवल प्रतियाेगिताको उपाधि

खेल उत्कृष्ट भएपनि केराबारीको हार

  • १० कार्तिक २०७६, आईतवार

बेलबारी, माेरङ/ बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी क्लवस्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगिताकाे उपाधी बेलबारी फुटबल क्लवले उपाधी जितेकाे छ ।

केराबारीलाई १ का विरुद्ध  २ ले हराउदै बेलबारीले उपाधी जित्न सफल भएकाे हाे ।
बेलबारीका ११ नं का संजय धिमालले १७ अाैँ मिनेटमा पहिलाे गाेल गरेका थिए ।  पहिलाे हापकाे २ मिनेट बाँकी रहँदा केराबारीका जर्सी नं ९ का विरेन लिम्बूले डिएरियाबाट प्रहार गरेर गाेल लगाए र खेललाई १/१ मा पुर्याए ।
१/१ ले अगाडि वढेकाे खेलकाे दाेश्राे हाप सुरु भएकाे ७ अाैँ मिनेटमा बेलबारीका जर्सी नं १९ का माैसम सुब्बाले टिमका लागि दाेश्राे गाेल गरेका थिए ।  माैसमकाे दाेश्राे गाेलले बेलबारीलाई २-१ ले अग्रता मात्र दिलाएन अन्तत उपाधी जित्ने बाटाे समेत खाेलि दियाे ।
बेलबारी २ सिंहदेवि हाईटमा रहेकाे बागदेवी खेलमैदानकाे स्तरउन्नतीकाे उद्देश्य राखेर प्रतियाेगिता संचालन गरिएकाे सिंहदेवि युवा समूहका अध्यक्ष तिर्थबहादुर नेउपानेले जानकारी दिएका छन् ।
 प्रतियाेगितामा बेलबारीमा जर्सी नं १९ का माैसम सुब्बा म्यान अफ द म्याच घाेषित भए भने केराबारीका विरेन लिम्बू उत्कृष्ट खेलाडीका रुपमा घाेषित भए ।
विजेता टिमलाई बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पुरस्कार, शिल्ड तथा प्रमाण पत्र उपलव्ध गराएका थिए ।