तेस्रो डाँगीहाट गोल्डकप : धरानलाई ६-० ले पराजित गर्दै व्वाईज युनियनले जित्यो उपाधि

  • ११ कार्तिक २०७६, सोमबार

तेस्रो संस्करणको डाँगीहाट गोल्डकप फुटबलको उपाधि व्वाईज युनियन क्लबले जितेको छ ।

आइतबार भएको फाइनलमा धरान एफसी सुनसरीलाई ६–० ले हराउदै व्वाईज युनियनले उपाधि आफ्नो नाममा लेखाएको हो । उसको जितमा तपन कार्कीले ४ तथा मेसुकेले २ गोल गरे ।
खेलको दोस्रो मिनेटमै तपनले टोलीलाई अग्रता दिलाएका थिए । १८ र ४६ औ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे । ६० औ मिनेटमा अर्को गोल थपे । मेसुकेले ५३ र ६१ औ मिनेटमा गोल गरेका थिए । एकतर्फी खेलमा व्वाईज युनियनले अधिकांश समय धरानलाई दबावमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो ।
उपाधिसंगै व्वाईज युनियनले ३ लाख १ हजार रुपैया हात पार्यो । उपविजेता धरानले २ लाख १ हजारमा चिक्त बुझायो । गोल्डकपमा ८ टोली सहभागी थिए ।