नेकपाको महालक्ष्मीमा वडा स्तरिय प्रशिक्षण कार्यक्रम तेस्रो दिन पनि जारी, २५ गतेसम्म चल्ने

  • १९ कार्तिक २०७६, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटाको महालक्ष्मी नगरपालिकामा वडा स्तरिय प्रशिक्षण कार्यक्रम मंगलबार तेस्रो दिन पनि जारी राखेको छ । गत आइतबारबाट सुरु भएको कार्यक्रममा मंगलबार नगरपालिकाको वडा नं. ३ मा सञ्चालन गरेको हो ।
नेकपा महालक्ष्मी नगरपालिका ३ का अध्यक्ष युबराज थापाको अध्यक्षयता भएको तेस्रो दिनको कार्यक्रममा पार्टीको दर्शन, सिद्धान्त, पद्धति, संगठन, विधिको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सहभागिहरुलाई नेकपा प्रदेश १ कमिटी सदस्य धर्मराज पौडेल, धनकुटा जिल्ला पार्टी सचिब ऋषिराम ढुंगाना, जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख दुर्गा लिंखा, जिल्ला सचिवालय सदस्य राम कार्की, महालक्ष्मी नगर पार्टी इन्चार्ज खगेन्द्र सुवेदी, जिल्ला पार्टी सदस्य अमर खाती, महालक्ष्मी नगरपार्टी सचिव बिष्णु दाहाल, महालक्ष्मी सचिवालय सदस्य प्रचार तथा प्रकासन भिभाग प्रमुख दुर्गा कुवरले प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला पार्टी सदस्य तथा महालक्ष्मी ३ का वडा अध्यक्ष भरतराज थापा राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महालक्ष्मी नगरपालिकामा वडा स्तरिय प्रशिक्षण कार्यक्रमको पहिलो दिन गत आइतबार वडा नं. १ र सोमवार वडा नं. २ मा सञ्चालन गरेको थियो । वडा स्तरिय प्रशिक्षण कार्यक्रममा २५ गतेसम्म जारी रहने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महालक्ष्मी नगर कमिटीले जनाएको छ ।