१५ श्रीमतीका पोइ, जसले बर्सेनी सैयौं युवतीलाई लाइन लगाएर नयाँ श्रीमती रोज्छन्

३३ बर्षदेखि सत्तामा रहेका एक राजाको लिला

  • १० मंसिर २०७६, मंगलवार

बहुविवाह  वैध भएको गरिब अफ्रिकी मुलुक स्वाजिल्याण्डका मस्वती–३ नाम गरेका राजा १५ श्रीमती र २५ सन्तान भएका कारण चर्चित बनेका छन् । उनले बर्सेनि श्रीमती थप्ने गरेका छन् ।

बहुविवाह प्रथा वैध भएको स्वाजिल्याण्डमा बर्सेनि एउटा समारोहमा नाङो गराइ सहभागी युवती रोजेर श्रीमती थप्ने उनका हालसम्म १५ जना श्रीमती भएका छन् । बहुविवाह वैध भएको स्वाजिल्याण्डमा हरेक वर्ष शरीरको माथिल्लो भाग पूरै नग्न अवस्थामा कुमारी केटीहरुको परेड गर्ने प्रथा छ  । यो परेडबाट राजाले हरेक वर्ष आफ्नो लागि एक नयाँ श्रीमती रोज्छन् । जो केटीहरु यो परेडमा आउँदैनन् उनीहरुलाई विभिन्न किसिमका सजाय दिइन्छ । नग्न केटीहरुको परेडबाट राजाले श्रीमती रोज्ने यो प्रथामाथि प्रश्न उठिरहे पनि यसलाई बन्द गरिएको छैन ।

यो देशका आम नागरिक भने बाँच्नका लागि आधारभूत आवश्कयताबाट पनि बञ्चित छन् । विश्व खाद्य कार्यक्रमका अनुसार यहाँको ६३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । १५ देखि ४९ वर्ष उमेरका २५ प्रतिशत नागरिक एचआइभीबाट संक्रमित छन् । रिपोर्टका अनुसार देशको १० प्रतिशत जनसंख्या उच्च वर्गको छ । यी १० प्रतिशत नागरिकको खर्च देशको आधा जनसंख्याको बराबर छ ।

संसारका सबैभन्दा गरिब देशहरुमध्येको एक स्वाजिल्याण्ड, जहाँका करिब ६३ प्रतिशत जनता गरिबीको रेखामुनि भएपनि  यो देशका राजा भने यति घनी र बिलासी छन् कि जसलाई धनी देशका जुनसुकै राजाले भेट्न सक्दैनन् ।

एजेन्सीका राजा स्वयंको सम्पत्ति २०० मिलियन डलर (२३ अर्ब रुपैयाँ) बराबर भएको अनुमान गरिएको छ  । उनीसँग निजी विमानदेखि लिएर निजी एयरपोर्टसम्म छन् ।

मस्वती ३ सन १९८६ देखि राजाको पदमा छन् । यसअघि  २५ मिलियन डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) मा बिलासी जेट विमान खरिद गरेका कारण विवादमा परिसकेका उनले हालै श्रीमतीहरुको लागि १३ मिलियन पाउण्ड (२ अर्ब  रुपैयाँ) का बिलासी कार किनेका छन् । उनले  आफ्ना १५ श्रीमतीका लागि १५ वटा रोल्स रोयस र दर्जनौं बिएमडब्लु कार किनेका छन् ।

गत वर्ष आफ्नो जन्मदिनको अवसरमा राजाले आफ्नो देशको नाम नै बदलिदिएका थिए । उनले आफ्नो देशको नाम स्वाजिल्याण्डबाट बदलेर इस्वातिनी बनाएका थिए । यद्यपि अझैसम्म पनि यो देशलाई स्वाजिल्याण्डकै नामले चिनिन्छ । करिब १३ लाख जनसंख्या भएको स्वाजिल्याण्ड अफ्रिकामा पर्छ ।