केराबारी ९ मा दोश्रो कुसुमे उद्यौली कप २०७६ हुँदै, तयारी अन्तिम चरणमा

  • १९ मंसिर २०७६, बिहीबार

मोरङको केराबारी ९ कुसुमेमा आयोजना गरिएको दोश्रो कुसुमे उद्यौली कप २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कुसुमे साईनिङ क्लवद्धारा आयोजित मंसिर २० गते अर्थात शुक्रबारदेखि शुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । “दोस्रो कुसुमे उद्यौली कप २०७६” को तयारी अन्तिम चरणमा पुगेको क्लवका सचिव अमर राईले बताए । खेलमैदान मर्मत तथा उद्घाटन कार्यक्रमको व्यवस्थापन तयारी भएको बताएका छन् ।

उद्यौली पर्वको अवशरमा आयोजित प्रतियोगितामा रोयल फुटबल क्लव दमक,ईटहरी फुटबल क्लव सुनसरी,सशस्त्र प्रहरी वल पूर्वाञ्चल,लेटाङ फुटबल क्लव मोरङ,पथरी फुटबल क्लव मोरङ,बेलबारी फुटबल क्लव , डिवाईसी बेलबारी र आयोजक कुसुमे साईनिङ रहेका छन् ।

प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार पुरस्कार प्राप्त रहेको छ । प्रतियोगिताका लागि केराबारी गाउँपालिका, देवीझोडा सामुदायिक वन केराबारी ९ र प्राविधिक सहयोग पूर्वज्योति क्लवको रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक कुसुमे साईनिङ क्लव र रोयल फुटबल क्लव दमकबीच हुनेछ ।