मोरङसुनसरी सेवा समाजको ८ औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति गठन
- ६ पुष २०७६, आईतवार
मोरङसुनसरी सेवा सामाज नेपालको आठौ वार्षिकोत्सव तथा साधारणसभाले लोकबहादुर तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ ।
शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । संस्थाका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षता तथा सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको साधाारणसभामा स्वदेश तथा प्रवासबाट उपस्थित समेत गरी २ सय ५० जना भन्दा बढी सदस्यहरूको सहभागिता थियो ।
साधारणसभाले निर्बिरोध रूपमा चयन गरेको कार्य समितिमा उपाध्यक्षद्वय विवेक भट्टराई र शेरबहादुर कार्की, महासचिव ललितबहादुर निरौला, सचिव बिमला चौहान र कोषाध्यक्ष खगेन्द्र प्रसाईंं छन् ।
गठित समितिका सदस्यहरुमा सावित्रा बराल, उमेश फुँयाल, सुर्यबहादुर थापा, पुष्पा कार्की (सनम), खगेन्द्र प्रसाद ढकाल, बद्री बस्नेत, अग्नि नेउपाने, योगनारायण सिग्दार (योगेन) र लिलाधर बास्तोला (ज्ञानु) छन् ।
मोरंङ सुनसरीको चाहाना सभ्य र समृद्ध सिमाजको स्थापना भन्ने मुल नारा सहित स्थापना भएको यो मोरङसुनसरी सेवा समाजले मोरङ र सुनसरीलाई केन्द्रित गरी विभिन्न सामाजिक काम गर्दै आएको छ । पछिल्लो समय संस्थाले बिशेष गरेर मृगौला पिडित, क्यान्सर पिडित लगायत विभिन्न रोग पीडित तथा दैवी प्रकोप पीडितहरुलाई सहयोग गर्दै आएको संस्थाका निबर्तमान अध्यक्ष रामनाथ भण्डारिले बताए ।
संंस्थाले आगामी दिनमा यो सस्थाको आफ्नै भवन निमार्ण गर्नेदेखि संचयकोष समेत निमार्ण गर्ने लक्ष्य रहेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मोरङसुनसरी सेवा समाज सन २००१ मा कतारमा स्थापना भएको थियो । कतारमा रहेका मोरङ र सुनसरीका युवाले सो संस्था स्थापना गरेर सन्चालन गर्न थालेका थिए । पछि संस्थाको स्थायित्व तथा बैध्यता समेतको लागि नेपालमा मोरङसुनसरी सेवा समाज नेपाल नामक संस्था बिधिवत रूपमा दर्ता गरी प्रबासमा रहेका संस्थाहरुलाई समाजकै शाखाको मान्यता दिइएको थियो । छोटकरीमा मोसु भनिने यो संस्थाका कतार, युएइ, बहराइन र ओमन, कुवेत , जापान लगायतका देशहरूमा शाखा बिस्तारित भइसकेका छन् ।