नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष
- १६ पुष २०७६, बुधबार
एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको छ ।
अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले बिराटनगरमा उद्घाटन कार्यक्रम गरेको हो । भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रसस्तै संभावना बोकेको र प्रसस्तै पर्यटकीय स्थलहरु रहेकोले १ नम्बर प्रदेशमा एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने दाबी गरे ।
भारतको पश्चिम बंगालबाट आएका पर्यटन व्यवसायी राज बसुले सिक्किम र पश्चिम बंगालसँग प्रदेश–१ ले ज्वाईन्ट सर्किट बनाएर पर्यटन प्रवद्र्धन गर्न सक्ने बताए । प्रदेश १ मा धेरै पर्यटकीय ठाउँहरु रहेकोले प्रदेश–१ ले सिक्किमसँग गुराँस सर्किट, रेडपाण्डा सर्किट र तराईमा हात्ती सर्किट बनाएर पर्यटकीय गतिविधि बढाउन सकिने उनको दाबी छ । यसरी सर्किट बनाएर गरिने पर्यटन प्रवद्र्धनका गतिबिधिले प्रदेश १ सहित बंगाल, बिहार र सिक्कीमले दुवैतर्फका प्रदेश सरकारले फाइदा लिन सक्ने बसुको भनाई छ ।
प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक राजन श्रेष्ठले प्रदेश सरकारले शुरु गरेको अभियानबाट अब प्रदेश १मा पर्यटन क्षेत्रको ढोका खुलेको उल्लेख गरे ।
बिराटनगरको शहिद रंगशालामा प्रदेश सरकारले गरेको उद्घाटनको क्रममा बिभिन्न झाँकीहरु प्रस्तुत भएका थिए भने त्यो सँगै बिभिन्न क्षेत्रबाट आएका सर्बसाधारण सहित संघ संस्थाहरु ब्यानर सहित प्रस्तत भए ।