बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या

  • २४ पुष २०७६, बिहीबार

बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् ।

नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार  दिने शिबिर सञ्चालन गरेको थियो ।
शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । जसमध्ये १ जनामा पाठेघरको मुखमा हुने घाउ (भिआइए पाेजेटिभ) भेटिएको छ । यस्तै डांँगीहाट स्वास्थ्य चौकीमा सोमबार १ सय भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गर्दा ३ जनामा भिआइए पाेजेटिभ   भेटिएको छ । बेलबारी स्वास्थय चौकीमा १ सय ५४ जनाको परिक्षण गर्दा ५ जनामा भिपोइए जेटिभ भेटिएको नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिसेटन्ट  सन्तोष बिश्वकर्माले बताए । बिहीबार  कसेनी स्वास्थ्य चौकीमा शिविर आयोोजना भएको छ ।

बिश्वकर्माका अनुसार महिलाहरुमा आङ खस्ने समस्या समेत बढ्दै गइरहेको छ । १५ जनामा आङ खस्ने समस्याका विरामी भेटिएको र ७ जनालाई रिङ पेसरी समेत राखि सकिएको विश्वकर्माले जानकारी दिए । विरामीहरुलाई नगरपालिकाले औषधि समेत निशुल्क दिने गरेको छ ।

केहि दिन अघि नगरपालिकाकै सहयोगमा लालिगुरांँस बचत तथा ऋण सहकारी संस्थाले गरेको शिबिरमा १ सय १५ जनाको परिक्षण गरिएकोमा १ जनामा पाठेघरको मुखमा हुने घाउ (भिआइए पाेजेटिभ)  देखिएकाे छ । अरु ३ जनामा पाठेघर खसेकाे समस्या, २ जनामा पाठेघरकाे संक्रमण र ३ जनामा पिसावकाे संक्रमणको समस्या भेटिएकाे थियो ।

मोरङको बेलबारी नगरपालिकाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्न थालेको छ । सोमवार वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र ३ सय जना भन्दा वढीको शिबिरवाट सेवा लिएका छन् ।

पाठेघरको मुखमा हुने क्यान्सरको कारण बिश्वमा बर्षेनी ५ लाख र नेपालमा बर्सेनी दुई हजार महिलाहरुको मृत्यु हुने गरेको छ ।डाक्टरले पाँच बर्षमा एकपटक पाठेघरको जाँच गर्न सुझाव दिएका छन् ।