धनकुटामा भएको प्रदेश स्तरीय महिला फुटवलको उपाधि मोरङको पोल्टामा

  • ९ माघ २०७६, बिहीबार

धनकुटामा संचालन भएको पहिलो सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप ३०७६ को उपाधी मोरङ फुटवल संघको महिला टिमलेले चुम्न सफल भएको छ ।
धनकुटा टुडिखेलमा सम्पन्न फाइनल खेलमा धनकुटा फुटवल संघको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो । मोरङ्की इमा राई सर्वोकृष्ठ खेलाडी समेत घोषित भइन् ।
उपाधिसँगै मोरङले नगद १ लाख सहित गोल्ड कप र ट्रफि हात पार्यो । त्यस्तै उपविजेतामा चित्त वुझाएको धनकुटाले नगद ५० हजार ,गोल्ड कप र ट्रफि प्राप्त गरेको छ ।
खेलको ४१ औं मिनेटमा ईमा राईले गरेको एक मात्र गोल नै मोरङको लागि जितका लागि निर्णायक भयो । ईमाले पेनाल्टी मार्फत गोल गरेकी थिइन् । धनकुटाकी भूमिका राईले डिवक्स एरियाभित्र वल हातले छोएपछि रेफिले मोरङलाई पेनाल्टी दिएको थियो । मोरङ्की इमा राईले पेनाल्टी अवसरलाई सदुप्रयोग गर्दै गोल गर्न सफल भइन् ।
ईमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भइन् ।
विधागत तर्फ मोरङकी कल्पना क्षेत्री उत्कृष्ट गोलकिपर, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बु डिफेन्डर घोषित भए । त्यस्तै धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी धनकुटाकी सुनिता तामाङ भए । प्रतियोगिताभरी २/२ गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा मोरङकी सावित्रा मगर र इमा राई पुरस्कृत भए । सवैलाई नगद पुरस्कार प्रमाणपत्र वितरण गरिएको थियो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई पूवमन्त्री सुनिलबहादुर थापा, १ नं. प्रदेश सांसद लिला सुब्बा,धनकुटा नगरपालिका का प्रमुख चिन्तन तामाङ लगायतले नगर पुरस्कार,गोल्ड कप,मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

सोही अवसरमा धनकुटामा लगायत पुर्वी नेपालमानै फुटबल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिदै फुटबलको संस्थागत विकास गर्न लागी समेत विशेष भूमीका निर्वाह गर्नु भएकोमा सशिद भीम नारायण श्रेष्ठ गोल्ड कपका संस्थापक अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,सुनसरी फुटबल संघका अध्यक्ष दिलिप राई, धनकुटा फुटवल संघका पूर्व अध्यक्षहरु अशोक भगत श्रेष्ठ,शम्भु प्रधान,धिरेन्द्रलाल श्रेष्ठ र बर्तमान अध्यक्ष गोविन्द्र राई,१ नम्वर प्रदेशका प्रमुख प्रशिक्षक सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो भने ।

गोल्ड कपको उकृष्ठ समाचार सम्पेषण गरेकमा संचारकर्मीहरु हरिबहादुर लम्जेल, रमेशचन्द्र अधिकारी र शर्मिला राईलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन समाजसेवी युवा नेता सुमना तिम्सिनाले गर्नु भएको थियो ।
विधागत तर्फ मोरङकी कल्पना क्षेत्री उत्कृष्ट गोलकिपर, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बु डिफेन्डर घोषित भए । त्यस्तै धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी धनकुटाकी सुनिता तामाङ भए । प्रतियोगिताभरि २÷२ गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा मोरङकी सावित्रा मगर र इमा राई पुरस्कृत भए । सवैलाई नगद पुरस्कार वितरण गरिएको थियो ।
समापन समारोहमा सहिद रामकृष्ण श्रेष्ठका भाई बैकृण्ठकृष्ण श्रेष्ठ,वहिनीहरु शुभ लक्ष्मी श्रेष्ठ,उमालक्ष्मी श्रेष्ठ र भतिज सचिन श्रेष्ठलाई र सहिद रामकृष्ण श्रेष्ठकी छोरी ममता श्रेष्ठलाई सम्मान गरिएको थियो ।
विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार २०३० साल चैत्र ३ गते सवारी हुदा आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा साहदत प्राप्त गरेका प्रजातानित्रक योद्धा रामकृष्ण श्रेष्ठको सम्झनामा प्रतियोगिता संचालन गरिएको हो । २०७४ साल माघ ३ गते तत्कालिन शेरवहादुर देउवाको नेतृत्वमा रहेको सरकारले राष्टिय सहिद घोषणा गरेको दिन पारेर सहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले आयोजना गरेको उक्त सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियोगितामा प्रदेश नं. १ का उत्कृष्ठ टिमहरु ताप्लेजुंग,पाचथर,इलाम,झापा,मरोग र धनकुटाका ८ टिमको सहभागीता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गदै पूर्व मन्त्री सुनिल वहादुर थापाले सहिदहरुले देखाएको बाटोबाट हिडे मुुलुकले चाडैनै सफलता प्राप्त गर्र्ने र सहिदहरु प्रति समेत सम्मान हुने वताउनु भयो । प्रदेश सभाका सदस्य लिला सुब्बाले सहिदहरु राष्टको सम्पती भएको वताउनु भयो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहिदहरुको वलिदान बाट प्राप्त उपलब्धीलाई सवैले जोगाउदै मुलुकलाई समृद्धी बनाउन लाग्नु पर्ने वताउनु भयो ।
विजय राई,धनकुटा