दुईदिने बाल साहित्य महोत्सव गर्दै शिक्षा सन्देश स्कुल, विभिन्न प्रतियोगिता र प्रदर्शनी हुने

  • १२ माघ २०७६, आईतवार

मोरङ बेलबारी २ स्थित शिक्षा सन्देश ईङिलस स्कुलको आयोजनामा दुई दिने बाल साहित्य महोत्सव हुने भएको छ ।

श्रीपन्चमी अर्थात सरस्वती पुजाको अबसर पारेर यहि माघ १५ र १६ गते वाल महोत्सव हुने भएको हो । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानले आईतबार बिद्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । महोत्सवमा वालवालिकाहरुबिच कविता बाचन, कथा लेखन, वादबिवाद, चित्रकला आदि प्रतियोगिता हुनेछन्  । साथै अन्तरक्रिया, साहित्य सम्बन्धि बिभिन्न दृश्य प्रर्दशनी, नाटक प्रर्दशन, बालबालिकाले तयार पारेका बिभिन्न सामाग्री तथा खानेकुराको प्रर्दशन र चर्चित साहित्यकारहरुसँग बिद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका बिबिध कार्यक्रम पनि हुनेछन् ।
अभिभावहरुले प्रायजसो गायन, नृत्य जस्ता कार्यमा मात्र चासो राख्ने र विद्यार्थीलाई पनि त्यस्तैमा मात्र सहभागी गराउन खोज्ने प्रचलनलाई तोड्दै बिद्यार्थीहरुले इच्छाएका क्रियाकलाप गर्न प्रेरित गर्दै उनीहरूको सर्बाङीण बिकासमा बाल साहित्य महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

नाफामुलक भन्दा पनि सामाजिक मुल्य र मान्यतामा आधारित रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बिद्यालयले छात्रबृतिमा मात्र बार्षिक ३ देखि ४ लाख खर्च गरिरहेकोमा साहित्य महोत्सब मार्फत बिद्यार्थी र अभिभावकहरुलाई यो क्षेत्रमार्फत पनि बिद्यार्थीको रुचि जगाउनु र केही गर्न सकिन्छ भन्ने ध्येयका साथ कार्यक्रम आयोजना गरिएको शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजंग थापाले बताए ।
केेही कार्यक्रममा बेलबारी नगर क्षेत्रमा रहेका बिद्यालयका विद्यार्थीहरुले पनि सहभागी हुन पाउने तर प्रतियोतात्मक कार्यक्रममा भने आयोजक बिद्यालयका बिद्यार्थी मात्र सहभागी हुन  पाउने विद्यालयलेे जनाएको छ ।
बाल साहित्य महोत्सब बिद्यालयमा मात्र नभएर उत्तरी मोरङ क्षेत्रमै पहिलोपटक आयोजना गरिएका कारण चनौती भएपनि यो कार्यक्रमले बिद्यार्थी र अभिभावकहरुलाई थप ज्ञान प्रदान गर्ने र एउटा नयाँ सन्देश दिने कार्यक्रम संयोजक केशु बिरहीले बताए ।

त्यसैगरी कार्यक्रमको परिकल्पनाकार तथा लेट्स ईन्टरटेन्मेण्टका अध्यक्ष बिकास बुढाथोकीले किताबी ज्ञान मात्र नभएर हरेक क्षेत्रको ज्ञान दिएर बिद्यार्थीको क्षमता बिकासमा मद्धत गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।