कांग्रेस बेलबारीद्वारा ७० बर्ष नाघेका १ सय २५ जना वृद्ध सदस्यहरुलाइ सम्मान

  • १९ माघ २०७६, आईतवार

नेपाली कांग्रेस बेलबारी नगर समितिले ७० बर्ष नाघेका १ सय २५ जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ ।

बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा आयोजित कार्यक्रममा ७० वर्ष पुरा भएका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका १ सय २५ जेष्ठ क्रियाशिल सदस्यलाई सम्मान गरिएको कांग्रेस नगर सभापति शम्भु भट्टराईले जानकारी दिए । नेपाली कांगे्रस पार्टी संगठन र संगठन मार्फत राष्ट्रकै लागि दिएको योगदानको कदर गर्दै जेष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान कार्यक्रम गरिएको भट्टराईले बताए ।

कार्यक्रममा कांग्रेस नेता एवम् पुर्व श्रम राज्यमन्त्री दिलिप गच्छेदार, केन्द्रिय सदस्य एवम् सांसद डाक्टर अमरेश कुमार सिंह, प्रदेश १ प्रदेश सभामा नेपाली कांग्रेस संसदिय दलका सचेतक सुयर्माराज राई, नेपाली कांग्रेस पुर्व क्षेत्रिय सभापति मोहनविक्रम कार्की, कांग्रेस नेताहरु बसन्त भट्टराई, गोपाल थापा, सुनिल शर्मा लगायतको पनि उपस्थिति थियो ।