बेलबारीका मेयरको पहलमा मोरङका ६ वटा स्थानीय तहमा उत्पादन हुनेभो दश-दश मेघावाट विद्युत
- २३ माघ २०७६, बिहीबार
मोरङका केहि स्थानिय तहहरुमा सोलार प्यानलवाट ६० मेगावाटको विजुली उत्पादन गरिने भएको छ ।
पहिलो चरणमा ६० मेघावाट बिजुली उत्पादन गर्ने गरी सहयोग गर्न बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता भएको छ । अन्तर स्थानिय तह साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका अनुसार स्पेनको लियोनमा भएको वैठकपछि उक्त कम्पनीसँग सम्झौता गरिएको हो । सुवेदी हाल बिदेश भ्रमणमा छन् ।
बेलायतको सहयोगमा बिजुली उत्पादन गर्ने चार नगरपालिकाहरुमा बेलबारी, सुन्दरहरैचा, लेटाङ र पथरीशनिश्चरे छन् । त्यसैैैगरी केरावारी र कानेपोखरी गाँउपालिकाले पनि सोलार प्यानलको प्रयोगबाट वत्ति निकाल्नका लागेका हुन् । सहयोगबाट प्रत्येक स्थानिय तहले दश –दश मेगावाट उत्पादन गर्नेे सम्झौता पत्रमा उल्लेख गरिएको छ ।