सुकुना क्याम्पसका विद्यार्थीले गरे रक्तदान कार्यक्रम, १ सय २३ प्रिन्ट रगत संकलन

  • २३ माघ २०७६, बिहीबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार आयोजित रक्तदान कार्यक्रमबाट १ सय २३ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा  विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।

सुकुना क्याम्पसको स्ववियु मंचमा आयोजित कार्यक्रममा क्याम्पसका बिद्यार्थी, प्राध्यापक, छिमेकी बिधालयका बिद्यार्थी, नगरवासी युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।