प्रदेश सांसद ओझाको अगुवाइमा निर्माणाधीन बिराटचोक-हरैंचा सडक अनुगमन

  • २४ माघ २०७६, शुक्रबार

प्रदेशकै गौरवको आयोजना भनिएको बिराटचोकदेखि हरैंचा नेताचोक हुँदै बिराटनगर जाने चार लेनको निर्माणाधीन सडकको अनुगमन गरिएको छ ।

प्रदेश सांसद राजकुमार ओझाको अगुवाईमा एक टोलीले शुक्रबार निर्माणाधीन हरैंचा विराटचोक सडक खण्डको अनुुुगमन गरेको हो  । अनुगमन टोलीमा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव राजेश घिमिरे, डिई राजेश श्रेष्ठ, सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङ, वडाध्यक्षहरु राजेश थापा, रोशन ढकाल, बिसनलाल चौधरी उधोग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईं, नेकपाका नेताहरु सुरेन्द्र थापा, मातृका ढकाल लगायत स्थानीय जनताहरुको समेत सहभागी थिए  ।

सो टोलीले  भईरहेको कामको अवलोकन गर्दै फोर लेन सडकमा पर्ने ढल, खानेपानी, बिधुत पोल र पैनी आदिको प्रगति अबलोकन गर्नुका साथै स्थानीय जनताका समस्या र गुनासो समेत सुनेको छ ।

एक अर्ब चालिस करोडको लगानीमा बन्दै गरेको बीस किलोमिटर सडकको २०७६ भदौ २३ गते मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए ।