वैदेशिक रोजगारी र रिक्रुटमेन्ट एजेन्सी छनौटबारे इटहरीमा सम्पन्न भो बृहत अन्तरक्रिया

  • २ फाल्गुन २०७६, शुक्रबार

माइग्रेण्ट रिक्रुटमेन्ट एड्भाइजर ( एम आर ए), जिफण्ट र रिटर्नी माइग्रेन्ट नेपाल (एम आर एन) को १ नम्बर प्रदेश समितिको आयोजनामा बिहीबार अर्थात्  फागुन १ गते इटहरीमा वैदेशिक रोजगारी र रिक्रुटमेन्ट एजेन्सी छनौटबारे बृहत अन्तरक्रिया कार्यक्रम भएको छ ।

सुरक्षित आप्रवासनका लागि वैदेशिक रोजगारीमा जानेहरुले कसरी  सही रिक्रुटमेन्ट  एजेन्सी छनौट गर्ने र फर्किएकाहरुको लागि ती एजेन्सीहरु कति उपयोगी हुन सक्छन् जस्ता बिषयमा छलफल केन्द्रित भएको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा रिक्रुटमेन्ट एजेन्सी छनौट गर्नका लागि उपयोगी वेव साइट www.recruitmentadvisor.org/ne को उपयोगिताबारे पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानेहरुले उपयुक्त वेबसाईट छनोट र प्रयोग कसरी गर्ने र फर्किएकाहरुले यसलाई कसरी उपयोगी बनाउने भन्ने बिषयमा पनि छलफल गरिएको थियो ।

सो अन्तरकृया कार्यक्रममा हेल्भेटास सामी परियोजना र जिफण्ट का प्रतिनिधि लगायत रिटर्नी माइग्रेण्ट नेपालको भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ तथा झापा जिल्ला शाखाका गरी ३० जना भन्दा बढीको सहभागिता थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उपयुक्त  रिक्रुटमेन्ट एजेन्सी (म्यानपावर कम्पनी) छनौट गर्न तथा तिनिहरुको कामको समिक्षा गरी स्तर निर्धारण गर्नका लागि www.recruitmentadvisor.org/ne नामक वेबसाईट उपयोगी हुने बताएका थिए ।

एम आर ए का संयोजक सुनिल न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा एम आर एन १ नम्बर प्रदेश अध्यक्ष गोकुल थापाले स्वागत मन्तब्य र जिफण्टका १ नम्बर प्रदेश अध्यक्ष किशोर धमलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।