राष्ट्रपति रनिङ शिल्डको बेलबारी नगरस्तरीय उपाधि लक्ष्मी माविलाई

  • ८ फाल्गुन २०७६, बिहीबार

मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक बिद्यालयले हात पारेको छ ।

तिन दिनदेखि लक्ष्मी माविको खेल मैदानमा भएको प्रतियोगितामा ७ पदक जित्दै उसले उपाधि चुमेको हो । यस्तै जनता नमुना माध्यमिक बिद्यालयले ५ पदक जित्दै दितिय स्थान हासिल गरेको छ । ४ पदक जित्दै माउन्ट एभरेष्ट स्कुल तृतीय भएको छ ।

विजेताहरुलाई ट्रफी मेडल प्रमाण पत्र वितरण गरीएको छ । बिजेता तथा उप विजेताहरुलाई नगरपालिकका प्रबक्ता योगेन्द्र सुवेदी, शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, एथलेटिक्स, छात्र/छात्रा दुवै तर्फबाट सय मिटरको दौड, दुई सय मिटरको दौड, चार सय मिटरको दौड, ८ सय मिटरको दौड, १५ सय मिटरको दौड, ३ हजार मिटरको दौड, कपर्दी लगायतका खेल संचालन भएका थिए ।