बेलहरामा शुरुभो वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान सम्बन्धी ३५ हप्ते तालिम

  • १ चैत्र २०७६, शनिबार

धनकुटा जिल्लाको बेलहरामा वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान सम्बन्धी ३५ हप्ते तालिम शुरु भएको छ l

नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त तालिम संचालनमा आएको हो l  तालिममा समृद्धि आयोजना धनकुटामा कार्यरत आपूर्ति शृंखला र सुपेरिबेक्षक बल बहादुर पौडेलले तालिममा अभिमुखीकरण गराएका छन्  l

तालिममा क्रान्ति तरकारी कृषक समुह, सूर्यमुखी तरकारी कृषक समूह र जलकन्या तरकारी कृषक समूह गरी तिनवटा समूहका करिब ९० जना महिलाहरु सहभागी छन् । तालिममा हिमा कट्टेल (लामिछाने) ले प्रशिक्षण दिनेछिन् l  हप्ताको १ दिनका दरले तालिममा कम्तिमा ३५ वटा सत्र संचालन हुनेछन l

तालिममा नियमित सहजकर्ता बाहेक आवश्यकता अनुसार बिज्ञ, प्राबिधिक, बैंक तथा वितिय संस्थाका प्रतिनिधि, उत्कृष्ट/सफल किसान, प्रतिष्ठित व्यवसायी, व्यापारी आदिबाट ५ वटा प्राबिधिक कक्षा संचालन गरिनेछ l

तालिममा वितिय शिक्षाको परिचय र महत्व पैसा र जीवन, पैसाको स्रोत तथा उपयोग आम्दानी सन्तुलन, सपनाको संसार, सपनाको यात्रा, वित्तीय लक्ष्य निर्धारण, बचत ऋण, ऋण व्यवस्थापन, व्यावसायिकता, व्यवसाय दर्ता, सरल व्यावसायिक योजना, सफलताको मूल्यांकन, जोखिम व्यवस्थापन र बीमा जस्ता कुराहरुको बारेमा शिक्षा प्रदान गरिने छ l