उपमेयरको नेतृत्वमा एक हप्ताभित्रै डाँगीहाटबासीले गरे अर्का वृद्धको पनि उद्वार

  • १७ चैत्र २०७६, सोमबार

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि सहाराविहन भएका बेलबारीका ८० वर्षीय वृद्धा धिमाललाई बेलबारी नगरपालिकाकी उपमेयरको नेतृत्वमा स्थानीयवासीले उद्वार गरेका छन ।

बेलबारी नगरपालिका -११, लक्ष्मीमार्ग जुराहका ८० वर्षीय लेखिया धिमाललाई स्थानीयवासीकाे सहयाेगमा नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा उद्वार गरिएको हो । धिमाललाई उद्वार गरी विराटनगरमा रहेकाे मानसेवा आश्रममा लगिएकाे छ ।

आफ्नाे जग्गा जमिन केही नभएका वृद्ध धिमाल बहिनीका घरमा बस्दै आएका थिए । गाउँगाउँ चाहारेर समय विताउने वृद्ध धिमाल  अविवाहित नै रहेकाे उनकी बहिनी जिराही धिमालले बताईन् ।

देशमा काेराेनाकाे त्रास फैलिएसँगै हेरचाह गर्ने काेही नहुंँदा उनलाई उद्वार गरेर मानव आश्रम लैजानु परे स्थानीयवासी समेत रहेकी बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले बताईन् ।

काेही नभएका मानिसका लागि अभिभावकत्व प्रदान गर्नु नगरपालिकाकाे दायित्व रहेकाेले पनि धिमालको उद्वार गरिएको  पराजुलीले बताईन् ।

स्मरण रहोस् बेलबारी नगरपालिकाकी उपमेयर पराजुलीकै नेतृत्वमा तीन चार दिनअघि लक्ष्मीमार्गमा भिख माग्दै सडकमै बाँचेका एक वृद्धको पनि उद्वार गरी बिराटनगर पुर्याइएको थियो ।

यो पनि पढ्नोस् –

बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार