नेकपाले इटहरी उपमहानगरपालिकालाई राहतका लागि दिनेभो १५ हजार केजी चामल

  • २४ चैत्र २०७६, सोमबार

नेकपा इटहरीले राहत वितरणका लागि इटहरी उपमहानगरपालिकालाई १५ हजार केजी चामल उपलब्ध गराउने घोषणा गरेको छ ।

नेकपा इटहरीका अध्यक्ष वहादुर सिं तामाङ ज्वालाले १५ हजार केजी चामल उपलब्ध गराउने जानकारी दिए । उनले यो विपतको वेला उपमहानगरले स्थापना गरेको विपद कोषमा सहयोगका लागि आग्रह समेत गरेका छन्  ।

यसैविच खानेपानी इटहरीलाई १० युनिटसम्म मासिक विद्युत खपत गर्ने उपभोक्तालाई लकडाउन अवधिभर ५० प्रतिशत महशुल छुट गर्न र उपमहानगरको कोषमा १० लाख सम्म जम्मा गर्न नेकपा इटहरीले सुझाव दिएको छ  ।