प्याब्सन सुन्दरहरैंचाद्वारा पाँच लाख १५ हजार नगद र झण्डै १३ हजार केजी चामल सहयोग  

  • २४ चैत्र २०७६, सोमबार

निजी तथा आबाशीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाले कोरोनाको महामारीबााट उत्पन्न विपतको लागि पाँच लाख रुपैयाँभन्दा बढी नगद तथा झण्डै १३ हजार केजी चामल सहयोग गरेको छ ।

सुन्दरहरैँचा क्षेत्र भरका संस्थागत बिद्यालयहरुबाट जम्मा भएको सहयोग ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे छ ।  साथै प्याब्सन मार्फत नै १२ हजार ८ सय ८८ केजी चामल खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

प्याब्सन सुन्दरहरैंचाले सोमबार एक कार्यक्रमबिच सुन्दरहरैंचा नगरपालिकाकी उप प्रमुख धनमाया तामाङ मार्फत नगद र चामल समेत हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा प्याब्सन सुन्दरहरैंचाका पदाधिकारी लगायत प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतको समेत उपस्थिति थियो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सो नगद र रासन सहयोग गरिएको प्याब्सन सुन्दरहरैंचाले जनाएको छ ।