माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी

  • ८ असार २०७७, सोमबार

पछिल्लो पटक संक्रमण पुष्ठी हुनेमा ३६ वर्षीय बाबु, ३२ वर्षीया आमामा, ७ वर्षीया छोरी र  ५ वर्षीय छोरा छन् ।

त्यसो त सुन्दरहरैंचामा आइतबार पनि १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्ठी भएको थियो । जसमा १ जना भारतबाट र १ जना कुबेतबाट घर फर्किएका व्यक्ति छन्  ।

यस अघि जेठ महिनामा सुन्दरहरैंचामा एक ब्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि थियो । ती ब्यक्ति डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज भएका समेत गरी हालसम्म सुन्दरहरैंचा नगर क्षेत्रमा ७ जनामा कोरोना पुष्टि भइसकेको नगरपालिकाले जनाएको छ ।