माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी
- ८ असार २०७७, सोमबार
माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ ।
सोमबार थप १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको हो ।
सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्ठी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोमबार कोशी अस्पतालमा परीक्षण गर्दा सुुुन्दरहरैंचा र रंगेलीका १२ जनामा संक्रमण पुष्ठी भएको थियो । संक्रमित सबै भारतबाट आएकाहरु हुन ।
सुन्दरहरैंचामा आधा दर्जनभन्दा बढी संक्रमित
मोरङको सुन्दरहरैंचामा कोरोना संक्रमितको संख्या आधा दर्जन नाघेको छ ।
सोमबार वडा नम्बर ९ मा एकै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्ठी भएसँगै संक्रमितको संख्या ७ जना पुगेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार उनीहरू सुन्दरहरैंचा नगरपालिकाले सञ्चालनमा ल्याएको सलकपुरस्थित कभर्ड हल र सुन्दरहरैंचा उद्योग वाणिज्य संघको हलमा राखिएका थिए । नगरपालिकाका अनुसार उनीहरु जेठ ३ गते नेपाल आएका थिए ।
पछिल्लो पटक संक्रमण पुष्ठी हुनेमा ३६ वर्षीय बाबु, ३२ वर्षीया आमामा, ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन् ।
त्यसो त सुन्दरहरैंचामा आइतबार पनि १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्ठी भएको थियो । जसमा १ जना भारतबाट र १ जना कुबेतबाट घर फर्किएका व्यक्ति छन् ।
यस अघि जेठ महिनामा सुन्दरहरैंचामा एक ब्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि थियो । ती ब्यक्ति डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज भएका समेत गरी हालसम्म सुन्दरहरैंचा नगर क्षेत्रमा ७ जनामा कोरोना पुष्टि भइसकेको नगरपालिकाले जनाएको छ ।