इटहरी उपमहानगरले इटहरी अस्पताललाई दियो  दुई वटा एम्वुलेन्स

  • २७ भाद्र २०७७, शनिबार

इटहरी उपमहानगरले इटहरी अस्पताललाई  दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।                                                       इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका छन्  ।                           एम्वुलेन्सको प्रयोगबाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज वनाउन सहयोग पुग्ने प्रमुख द्धारिकलाल चौधरीले बताए । कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुरयाउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने उनले बताए ।                                      आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चांँडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले वताएका छन् ।