इटहरी उपमहानगरले इटहरी अस्पताललाई दियो दुई वटा एम्वुलेन्स
- २७ भाद्र २०७७, शनिबार
इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका छन् । एम्वुलेन्सको प्रयोगबाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज वनाउन सहयोग पुग्ने प्रमुख द्धारिकलाल चौधरीले बताए । कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुरयाउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने उनले बताए । आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चांँडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले वताएका छन् ।