धनकुटा सिटी जेसिज बर्ष २०२१ को पदस्थापन कार्यक्रम सम्पन्न

  • १७ माघ २०७७, शनिबार

धनकुटा सिटी जेसिज बर्ष २०२१ को पदस्थापन कार्यक्रम विशेष कार्यक्रमका साथ  सम्पन्न भएको छ ।

धनकुटा सिटी जेसिजको २०२१ का लागि नवनिर्वाचित अध्यक्ष पुण्य अधिकारी, कानुनी सल्लाहकार विजय अधिकारी, कार्यकारीणी उपाध्यक्ष रेणु सिलवाल, अर्का कार्यकारीणी उपाध्यक्ष दुर्गा सन्जेल, महासचिव करुणा कटुवाल, कोषाध्यक्ष सुरेश धमला, उपाध्यक्ष सिमा गजमेर, उपाध्यक्ष इश्वरी सुवेदी, उपाध्यक्ष रमेश खत्री, उपाध्यक्ष सन्या राई ,जनसम्पर्क अधिकारी सरिता लिम्बु,  सचिव अनिष रुचाल, कोष बृद्धी संयोजक टंक विर थापालाई २०२० का अध्यक्ष राम प्रसाद गौतम लगायत पुरानो कार्य समितिले पद हस्तान्तरण गरी पदास्थापन गराएका थिए ।

सो अवसरमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले जेसिजले समाजलाई रुपान्तरण गर्न सक्ने भएकाले धनकुटाको विकास र समृद्धीका लागि जेसिजसंग मिलेर काम गर्ने वताए ।

धनकुटा सिटी जेसिज २०२० का अध्यक्ष राम प्रसाद गौतमको अध्यक्ष्तमा सम्पन्न भएको पदस्थापन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्ताषी राई, नेकपाका राज कुमार तेयुङ्ग, अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्का, इटहरी जेसिजका अध्यक्ष विकास राई लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्दै जेसिज समाजको ऐना भएकोले जेसिज परिर्वतनको संवाहक भएको विताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी सन्तु जसवाल, धनकुटा सिटी जेसिजका पूर्व अध्यक्षहरु प्रलाद दाहाल, सुरेश कार्की, रमेश पौडेल, धनकुटा महिला जेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ, वर्तमान अध्यक्ष विसिका श्रेष्ठ, महासचिव कला राई, नेपाल रेडक्रस सोसाईटी धनकुटाका धिरेन थिङ्ग, नेपाल शिक्षक संघ धनकुटाका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका सचिव रविन्द नेपाली, वडा नं. ६ का वडा सदस्य बेनु वस्नेत,प्यरालिगतका भिषा खनाल लगायतले समेत बधाई तथा शुभ कामना दिएका थिए ।