बेलबारीमा पनि शुरुभो कोरोना बिरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीहरु दंग

  • १९ माघ २०७७, सोमबार

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान बेलबारीमा पनि सुरु भएको छ ।

एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्यकर्मीलाई भ्याकसिन दिएर अभियन सुरु गरेका हुन् ।

अभियन सुरु भएसगै बेलबारीका केहि स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ । भ्याकसिन (खोप) लगाएपछि महामारीको समयमा भोगेका पिडा दुखहरु भुलेको कोरोनाको लडाइमा अग्रपत्तिंमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन ।

स्वास्थ्य सामाग्रीहरु अभावका बाबजुद बिहान बेलुका नभनी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हौसलासँँगै परिस्थितिसँग जुधेर काममा खटिएको स्मरण गर्दै नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले भने ‘ अहिले भ्याकसिन लगाउन पाँउदा एउटा लडाइँ नै जितेेे झैंं महसुस भएको छ ।’