राष्ट्रपतिले पढाएको जनता स्कुलको ५३ औ बार्षिकोत्सव सम्पन्न

  • २१ माघ २०७७, बुधबार

‍मोरङको बेलबारी १ मा रहेको जनता माध्यमिक बिद्यालयको ५३ औ बार्षिक उत्सब तथा अविभावक दिवस सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब बरालको अध्यक्षतामा बार्षिक उत्सब तथा अविभावक दिबश सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिक्ता राखेर काम गरीरहेको बताए । बेलबारीका सामुदायिक बिद्यालयहरु नमुना बनाउन आफु लागि परेको सुवेदीको भनाइ थियो ।

बार्षिक उत्सवको अबसरमा शिक्षक शिक्षका तथा बिद्यार्थीहरुको नृत्य, पुरस्कार बितरण, अविभावक सम्मान साथै बिद्यालय क्षेत्रमा योगदान पुर्याउनेहरुलाई समेत सम्मान गरीएको थियो ।

यस स्कुलमा पंचायत कालमा अहिलेकी राष्ट्रपति विद्या भण्डारीलेे पनि पढाएकी थिइन् ।