झापा, मोरङ र ओखलढुंगामा खुवाइँदैछ हात्तीपाइलेको औषधि, छुट्नुहोला है !

  • १९ चैत्र २०७७, बिहीबार

हात्ती पाइले रोगबाट प्रभावित पुर्वका मोरङ, झापा र ओखलढुंगामा चैत २० गते अर्थात शुक्रबारदेखि हात्तीपाइलेको औषधि खुवाउन थालिएको छ ।

प्रदेश १ का अन्य जिल्ला हात्ती पाइले रोगमुक्त भएपनि तीन जिल्लाहरु प्रभावित भएकोले यी जिल्लामा औसधि खुवाउन थालिएको हो । मोरङको बेलबारी नगरपालिकाले पनि ६६ हजार ५ सय लाई औसधि खुवाउने लक्ष्यसहित अभियान थालेको छ ।

बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माका अनुसार अभियानमा ६० जना स्वास्थ्यकर्मी र ३५ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । स्वास्थ्य स्वयमसेविकाहरुले घर घरमा गएर सुचना प्रबाह गर्ने र स्वास्थ्यर्कीहरुले घर घरमै पुगेर औषधि खुवाउने ब्यबस्था गरिएको उनले बताए ।

दुई बर्षभन्दा मुनिका वालवलिका, गर्भवति, र ७ दिनका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामी बाहेकका अन्य जोसुकैले पनि हात्ती पाइलेको औषधी सेवन गर्न मिल्ने स्वास्थकर्मीहरुको भनाई छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सबैलाई औषधी सेवन गर्न आग्रह गरेका छन् ।