धनकुटा सिटी जेसिजको प्रथम साधारण सभा सम्पन्न

  • २१ चैत्र २०७७, शनिबार

युवाहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्ने विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गर्दै धनकुटा सिटी जेसिजको प्रथम साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले धनकुटका यूवाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।

साधारणसभामा धनकुटा सिटी जेसिजका पूर्व अध्यक्षहरु, गोकुण्डेश्वर उच्च माविका प्राचार्य यज्ञ चापागाई, प्याब्सनका प्रदेश नम्वर १ सचिव राजन पौडेल, सिटी जेसिजका कार्यकारी उपाध्यक्ष इश्वरी सुवेदी, महासचिव करुणा कटुवाल लगायतको आतिथ्यता थियो ।

धनकुटा सिटी जेसिजका अध्यक्ष पुण्य प्रसाद अधिकारीको अध्यक्षतमा भएको साधारण सभाको संचालन धनकुटा सिटी जेसिजका महासचिव करुणा कटुवालले गरेकी थिइन् ।

धनकुटा सिटी जेसिजको साधारण सभा उद्घाटन गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राइले जेसिजले यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै समाज रुपातन्तरण गर्ने वताए ।