‍धनकुटामा शुरुभो जिल्ला स्तरीय राष्टपति कप रिनिङ्ग कप

  • ४ बैशाख २०७८, शनिबार

धनकुटा जिल्लामा शुक्रबारदेखि धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गरे ।

उद्घाटनपछि आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तरगत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दर वाबु श्रेष्ठ गोकुण्डेश्वर माविका पधानाध्यापक यज्ञ प्रकाश चापागाई,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा,कार्यालय प्रमुख नविन प्रधान, हिले माविका प्रधानाध्यापक खगेन्द्र आर्चाय, सहिदभूमी गाउपालिका शिक्षा इकाईका प्रमुख उमेश राई लगायतले कप, मेडल तथा प्रमाण पत्र प्रदान गरे ।

धनकुटा जिल्लाका सातवटै पालिकाका विभिन्न विद्यालयहरुले भाग लिएको धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबारसम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा खेलकुद विकास समितिका धनकुटाका सदस्य सचिव नविन प्रधानले वताए ।