धनकुटा नगरपालिकाको एउटा वडाले शुरु गर्‍यो जनता बचाउ अभियान 

  • ३० जेष्ठ २०७८, आईतवार

धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गरी जनता बचाउ अभियान शुरु गरेको छ ।

कोरोना संक्रमितहरुलाई कोरोना भाईरसका कारण कमजोर बनाएकाले धनकुटा नगरपालिका वडा नं. ६  वडा समितिले आफ्ना वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित सामग्रीहर वितरण गरेको वडाध्यक्ष नेरेश श्रेष्ठले वताए ।

    धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा सदस्यहरु मिलन खड्गी,बेनु वस्नेत,हिरा देवी राई, मुना रम्तेल ,वडा कार्यालयका सचिव छत्रजङ्ग कार्की लगायतले धनकुटा नगरपालिका वडा नं. ६ का कोरोना संक्रमितहरुको घर घरमा गई पोसिलो खानेकुरा तथा सुरक्षित र स्वास्थ्य समग्रीहरु प्रदान गरेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ६ का कोरोना संक्रमितहरुलाई डावर च्यवनप्रास, अण्डा, भिटामिन लगायतका पोसिलो खानेकुराहरु र मास्क तथा सेनिटाईजर प्रदान गरिएको वडा सदस्य हिरादेवी राईले वताईन् ।

धनकुटा नगरपालिका वडा नं. ६ मा ८४ जना कोरोना संक्रमितहरु मध्ये आइतबार ६० जनालाई पोसिलो खानेकुरा तथा स्वास्थ्य  र सुरक्षित सामग्रीहरु वितरण गरिएको र सोमबार बाँकीलाई वितरण गरिने वडा सदस्य मिलन नेवा खड्गीले वताए ।

नेपाली कांग्रेस धनकुटाले कांग्रेसको तर्फबाट विजयी भएका अन्य जिनप्रतिनिधिलाई  कोरोनाको महामारीका कारण  विपत तथा दुखमा परेका जनतालाई सहयोग र साथ दिन कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राइले आग्रह गरेका छन् ।